सांसद् नहुँदा प्रदेश सभाको बैठक स्थगित
आज बस्ने भनेको प्रदेश–६ को चौथो बैठक सूचना टाँसी स्थगित गरिएको छ ।
अधिकांश प्रदेशसभा सदस्य सुर्खेत बाहिर भएका कारण बैठक स्थगित गर्नुपरेको सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रदेशको राजधानी र नामबारे छलफल गर्ने कार्यसूची थियो ।
प्रदेश सभाको अर्को बैठक १२ फागुन दिउँसो १ बजे बस्नेछ ।