एमाले प्रदेश–६ को संसदीय दलको मुख्य सचेतकमा गुलावजंग शाह
नेकपा एमाले प्रदेश–६ को संसदीय दलको मुख्य सचेतकमा गुलावजंग शाह चयन भएका छन् ।
शाह सल्यान प्रदेश सभा ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन् ।
एमाले वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका शाह संसदीय दलको मुख्य सचेतकमा चयन भएको संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए ।
अन्य पदाधिकारी भने संसदीय दलको नियमावली निर्माण भएपछि चयन हुने कँडेलले बताए ।