महान्यायाधीवक्ता खरेलले दिए एमाले पोलिटब्यूरोबाट राजीनामा
नवनियुक्त महान्यायाधीवक्ता अग्नि खरेलले नेकपा एमालेको पोलिटब्यूरो सदस्यबाट राजीनामा दिएका छन् ।
स्वतन्त्र र निष्पक्ष भएर काम गर्न राजीनामा दिएको खरेलले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ८ फागुनमा खरेललाई महान्यायाधीवक्तामा सिफारिश गरेका थिए । लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी थिइन् ।
खरेल केपी शर्मा ओलीको पहिलो कार्यकालमा कानून मन्त्री थिए ।