महान्यायाधिवक्तामा अग्नि खरेल
पूर्वमन्त्री अग्निप्रसाद खरेल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुनमा खरेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन ।
गौरादह–३, झापा स्थायी घर भएका वरिष्ठ अधिवक्ता खरेललाई मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्तामा सिफारिस गरेको थियो ।
०४७ सालको संविधान निर्माणमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कानुनी सहयोगीका रुपमा काम गरेका खरेल २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिका सदस्य थिए । २०६४ र २०७० सालमा संविधानसभा सदस्य बनेका उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री थिए ।