डा. गोविन्द केसीद्वारा सर्वोच्चको तारेख अस्वीकार
डा. गोविन्द केसीले सर्वोच्चको तारेख अस्वीकार गरेका छन् ।
प्रधानन्यायाधीश गोपाल पराजुली स्वयम् छानबिनको दायरामा रहेको भन्दै केसीले अदालतको अबहेलना मुद्दाको तारेख अस्वीकार गरेका हुन् ।
अदालतको अबहेलना मुद्दाको तारेख आजको लागि तोकिएको थियो ।
आजै प्रेस विज्ञप्ती जारी गर्दै केसीले भनेका छन्– ‘निज प्रधानन्यायाधीश पदमा बहाल रहँदासम्म उक्त मुद्दामा निष्पक्ष न्याय सम्पादन हुन नसक्ने भएको हुँदा निजको निर्देशन बमोजिम थोपर्न खोजिएको पेशी तारेख हामीलाई स्वीकार्य छैन ।’