पूर्व गर्भनरसहित तीन जनाको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस
सरकारले राष्ट्रियसभा सदस्यमा मनोनित गर्नका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्को ८ फागुन बिहान बसेको बैठकले पूर्व गर्भनर डा. युवराज खतिवडा, रामनारायण विडारी र बिमला राई पौडेलको नाम सिफारिस गरेको हो । पौडेल राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता विडारी पूर्व सांसद् हुन ।
५९ सदस्यीय राष्ट्रिय सभामा एक महिला सहित तीन जना मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।
काँग्रेस नेतृत्वको सरकारले यसअघि कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम सिफारिस गरे पनि राष्ट्रपतिले मनोनीत गरेकी थिइनन् ।