प्रदेश–४ को सभामुखमा नेत्रनाथ अधिकारी निर्वाचित
प्रदेश–४ को सभामुखमा नेत्रनाथ अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश सभाको आजको बैठकले अधिकारीलाई निर्विरोध निर्वाचित गरेको हो ।
अधिकारीलाई सभामुख बनाउन प्रदेश–४ का माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले प्रस्ताव गरेका थिए भने एमाले सांसद किरण गुरुङले समर्थन गरेका थिए ।
माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी पर्वतबाट निर्वाचित सांसद हुन् ।
नवनिर्वाचित सभामुख अधिकारीले अब पार्टीको जिम्मेवारीबाट टाढा रहेर काम गर्ने प्रतिक्रिया दिएका छन् ।
मुख्यमन्त्री र सभामुखको सपथग्रहण भोलि, ४ फागुनमा हुनेछ ।
संसद्को अर्को बैठक ६ फागुनमा बस्नेछ । उक्त बैठकमा उपसभामुखको निर्वाचन हुने सचिवालयले जनाएको छ ।
युवराज श्रेष्ठ, पोखरा