प्रधानमन्त्रीमा ओलीको दाबी पेश
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीको लागि दाबी पेश गरेका छन् ।
माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन् ।
आफूसँग प्रतिनिधिसभामा बहुमत भएको दाबी गर्न ओली सहित एमाले र माओवादीका शीर्ष नेताहरु ३ फागुनमा शीतलनिवास पुगेका थिए ।
यसअघि बुधबार, २ फागुनमा बसेको एमाले स्थायी कमिटीको बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
ओली दोस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा छन् । यसअघि उनी २०७२ असोजदेखि करीब ९ महीना प्रधानमन्त्री भएका थिए ।