प्रदेश ३ को उपसभामुखमा राधिका तामाङ निर्विरोध
प्रदेश ३ को उपसभामुखमा नेकपा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
२८ माघमा हेटौंडास्थित प्रदेश ३ को प्रदेशसभा सचिवालयमा भएको मनोनयन दर्तामा उनको मात्रै एकल उम्मेद्वारी परेपछि तामाङ निर्विरोध भएकी हुन् ।
नुवाकोटबाट प्रदेशसभामा सांसद ३४ वर्षीया तामाङ माओवादी केन्द्रीय सदस्य र पूर्व कृषि राज्यमन्त्री हुन् ।
एमालेका सानु श्रेष्ठ यसअघि नै सभामुखमा निर्वाचित भइसकेका छन् ।
सुरजकुमार भुजेल, मकवानपुर