प्रदेश ३ः एमाले प्रदेश सभा संसदीय दलको नेतामा डोरमणि निर्वाचित
प्रदेश ३ को नेकपा एमाले प्रदेश सभा संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् ।
आज भएको एमाले संसदीय दलको निर्वाचनमा पौडेलले ३४ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले २४ मत प्राप्त गरिन् ।
मकवानपुर ख बाट प्रदेश सभा सदस्य पौडेल २०५४ सालको स्थानीय निकाय निर्वाचनमा हेटौंडा नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
पूर्व उद्योग मन्त्री एवम् एमाले उपाध्यक्ष शाक्य भने प्रदेशको मुख्यमन्त्री हुने आकांक्षाकै कारण प्रतिनिधिसभामा उम्मेदवारी नदिई प्रदेश सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेकी थिइन् ।
संसदीय दलको नेताले नै मुख्यमन्त्री पदका लागि प्रतिष्पर्धा गर्ने प्रचलन छ ।