एमाले प्रदेश–३ को संसदीय दलको नेताका लागि निर्वाचन हुँदै
नेकपा एमाले प्रदेश–३ को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने निर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता चलिरहेको छ ।
अहिलेसम्म डोरमणि पौडेल (मकवानपुर) ले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (काठमाडौं) उम्मेदवारी दिने तयारीमा छन् ।
राजेन्द्र पाण्डेले पनि संसदीय दलको नेताको लागि दाबी गर्दै आइरहेका छन् । दलको नेता नै प्रदेशको मुख्यमन्त्री हुनेछन् ।
मनोनयनपछि दिउँसो १२ः३० पछि निर्वाचन हुने प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिए । रासस