राष्ट्रियसभा निर्वाचनको मतदान शुरु
६ वटा प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान शुरु भएको छ ।
प्रदेश–२ बाट सबै सदस्य निर्बिरोध निर्वाचित भइसकेकोले आज ६ वटा प्रदेशमा मतदान भइरहेको हो ।
राष्ट्रिय सभामा एउटा प्रदेशबाट ८ जना सदस्य निर्वाचित हुनेछन् । त्यस्तै सरकारको सिफारिसमा तीन सदस्यलाई राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।
बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।