एलएलएम प्रथम र बिए सामाजिकशास्त्र तेस्रो वर्षको परीक्षाफल प्रकाशित
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।
त्यसैगरी त्रिविले गत जेठ र असारमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशन गरेको छ ।
परीक्षाफल www.educationsansar.com, www.tu.ntc.net.np र www. educationkhabar.com मा पनि हेर्न सकिने तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ ।
साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।
रासस