राष्ट्रियसभा निर्वाचनकाे तयारी पूरा, भोलि मतदान हुँदै
निर्वाचन आयोगले भोलि, २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि आयोगले सबै प्रदेशमा तयारी पूरा भएको र भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने जनाएको छ ।
राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट आठ गरी निर्वाचित ५६ सदस्य रहन्छन् ।
त्यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित तीनजना गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी १,५०६ र सातै प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य ५५० गरी कूल २,०५६ जना मतदाता रहेका छन् ।