प्रदेश–४ को बैठक सम्पन्न, सभामुखको निर्वाचन ३ फागुनमा
प्रदेश–४ को प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन ३ फागुनमा हुने भएको छ ।
आज बसेको प्रदेशसभाको पहिलो बैठकले ३ फागुन दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।
आजको बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा सहभागी सबै सांसद्हरु औपचारिक पोशाकमा उपस्थित भएका थिए ।
गोरखा, लमजुङ, कास्की तनहुँ, स्याङ्जा, नवलपरासी, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र मनाङ गरी ११ वटा जिल्ला रहेकाे प्रदेश ४ मा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १५, नेकपा माअओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र एकजना स्वतन्त्र सांसद् छन् ।