प्रदेश–२: जनकपुरमा सभा, वीरगञ्जमा तोडफोड
प्रदेश २ को प्रदेश सभाको पहिलो बैठक जनकपुरमा भइरहँदा वीरगञ्जमा भने बन्द र तोडफोड भइरहेको छ ।
प्रदेशको केन्द्र वीरगञ्ज हुनुपर्ने माग गर्दै गठित संघर्ष समितिको आह्वानमा भएको बन्दका बेला तीनवटा सवारी साधनमा तोडफोड समेत भएको छ ।
यसअघि सरकारले जनकपुरलाई प्रदेश २ को अस्थायी केन्द्र घोषणा गरेलगत्तै ४ माघमा पनि वीरगञ्ज बन्द भएको थियो ।
बन्दको अवज्ञा गरेको भन्दै संघर्ष समितिका कार्यकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका छन् ।
आज बिहानै देखि सडक अवरुद्ध गरिएको छ, भने ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ ।
उता जनकपुरमा भने आज प्रदेशसभाको पहिलो बैठक भइरहेको छ ।
सुरेश बिडारी, वीरगञ्ज