राष्ट्रपति भण्डारी र सुष्मा स्वराजबीच भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ ।
आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र स्वराजबीच भेटवार्ता भएको हो ।
भेटमा नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
स्वराज दुईदिने भ्रमणका लागि काठमाडौंमा रहेकी छन् ।