साहित्यकार मनु ब्राजाकीको निधन
साहित्यकार मनु ब्राजाकीको निधन भएको छ ।
७५ वर्षीय ब्राजाकीको आज बिहान निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिए
मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।
ब्राजाकीको श्रीमती, एक छोरा र एक छोरी छन् ।
ब्राजाकी ‘म र तिम्री स्वास्नी’, ‘अन्नपूर्णाको भोज’ लगायतका चर्चित कथासंग्रहका लेखक हुन् ।
ब्राजाकी नेपाली गजल लेखनमा पनि सिद्धहस्त मानिन्थे । रासस