दामन–सिमभञ्ज्याङमा हिमपात (फोटो फिचर)
शब्द/तस्वीरः सुरजकुमार भुजेल
मकवानपुरको थाहानगरपालिका दामन/सिमभन्ज्याङमा १० माघ दिउँसोदेखि हिमपात भएको छ ।
दामन सिमभन्ज्याङ सहित पर्यटकीय क्षेत्र थाहानगरका अग्ला डाँडाहरु हिउँले ढाक्दा यो क्षेत्र निकै मनोरम देखिएको छ ।
हिमपात भएसँगै १० माघ साँझबाट अवरुद्ध भएको त्रिभुवन राजपथ ११ माघ विहान १० बजेसम्म खुल्न सकेको छैन । चारदिन देखि हेटौंडा–सिस्नेरी–काठमाडौं सडक अवरुद्ध हुँदा त्रिभुवन राजपथ हुँदै आएका दर्जनौ सवारी साधन सडकमै अलपत्र परेका छन् ।
हिउँ परेसंगै थाहानगरको दामन सिमभन्ज्याङ क्षेत्रमा पर्यटकहरुको घुइँचो लागेको छ । अहिले थाहानगरको सबै होटलहरु पर्यटकले खचाखच छन् ।
थाहानगरको दामन सिमभन्ज्याङमा वर्षेनी हिउँ पर्ने गर्दछ । गएको वर्ष पुस महिनामै हिउँ परेको भए पनि यसवर्ष भने पहिलोपटक १० माघमा हिउँ परेकोे हो ।