प्रदेश २ मा ९ जनाको उम्मेदवारी, ५ जना निर्विरोध
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं २ मा नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामका अनुसार खुलातर्फ नेपाली कांग्रेसका जितेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव, नेकपा (एमाले) का सुमनराज प्याकुरेल र नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसेनले उम्मेदवारी दर्ता गराएका छन् ।
महिला सदस्यतर्फ कांग्रेसका मुक्ताकुमारी यादव, संघीय समाजवादी फोरम नेपालका प्रमिला यादव र नेकपा माओवादी केन्द्रका शशिकला दाहालले उम्मेदवारी दर्ता गराएका छन् । यि तीनै जना निर्विरोध निर्वाचित भएका छन् ।
अल्पसंख्यकतर्फ राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लालको मात्र उम्मेदवारी दर्ता भएको छ भने दलिततर्फ संघीय समाजवादी फोरम नेपालका रामपृत पासवानले मात्र उम्मेदवारी दर्ता गराएका छन् । यि दुवै निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश नं २ मा प्रदेशसभा सदस्य १०७ र स्थानीय तहका २७२ गरी ३७९ जना मतदाता छन् ।