कोरम नपुगेपछि संसद् बैठक स्थगन
व्यवस्थापिका–संसद्को आजको बैठक केहीबेर चलेपछि गणपुरक सङ्ख्या (कोरम) नपुग्दा आधा घन्टाका लागि स्थगन भएको छ ।
विभिन्न संवैधानिक आयोग गठनसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद डिल्लीप्रसाद काफ्लेले बैठकमा गणपुरक सङ्ख्याका बारेमा प्रश्न उठाएका थिए ।
त्यसलगत्तै सभामुख ओनसरी घर्तीले तीन मिनेटको जनाउ घन्टी बजाउन निर्देशन दिएकी थिइन्न । बैठक सञ्चालनका लागि कम्तीमा १४९ सांसद हुनुपर्नेमा कुल १२५ सांसद मात्र उपस्थित थिए ।
गणपुरक सङ्ख्या अपुग भएपछि बैठक आधा घन्टाका लागि स्थगन भएको सभामुख घर्तीले जानकारी दिइन् ।
संसद्को बैठकमा कुनै पनि विषय निर्णयार्थ प्रस्तुत हुन कम्तीमा एक चौथाइ मत आवश्यक पर्ने कानुनी प्रावधान छ ।