गौचन हत्याका मुख्य सुटर भनिएका श्याम लामा पक्राउ
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य सुटर भनिएका श्याम लामा 'गुम्बे'लाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । गुम्बे नेपाली सेनाका भगौडा हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोलीले गुम्बेलाई हिजो बेलुका चितवनबाट पक्राउ गरी काठमाडौं ल्याइएको डिआईजी पुष्कर कार्कीले जानकारी दिए ।
प्रहरीले यसअघि नै गौचन हत्याका प्रमुख योजनाकार भनिएका समिरमानसिंह बस्नेतसहित अन्यलाई पक्राउ गरिसकेको छ।
२३ असोजमा काठमाडौंको शान्तिनगरस्थित घरबाट गाडीमा निस्केका गौचनलाई उनी गाडीमै रहेका बेला मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए।