एमाले प्रदेश–५ संसदीय दलको नेतामा शंकर पोखरेल चयन
एमाले प्रदेश–५ प्रदेश सभा संसदीय दलको नेतामा शंकर पोखरेल चयन भएका छन् ।
आज भएको प्रदेश सभा सदस्यहरुको शपथग्रहण लगत्तै बुटवलमा बसेको एमाले ५ नम्बर प्रदेश सभा संसदीय दलको बैठकले पोखरेललाई सर्वसम्मतीले नेता चयन गरेको हो ।
प्रदेश–५ मा कुल ८७ जना प्रदेश सभा सदस्यमध्ये एमालेबाट निर्वाचित ४१ जना सदस्य छन् ।
दाङबाट निर्वाचित पोखरेल प्रदेश ५ को मुख्यमन्त्रीका प्रमुख दाबेदार समेत हुन् । संसदीय दलको नेतामा चयन भइसकेपछि उनलाई मुख्यमन्त्री बन्न थप सहज भएको छ ।
दीपक ज्ञवाली, बुटवल