प्रदेशसभाका समानुपातिक सदस्यलाई प्रमाणपत्र प्रदान
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई प्रमाणपत्र प्रदान गरेको छ ।
आज आयोगको कार्यालयबाट प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रमाणपत्र प्रदान गरेका हुन् ।
समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित भएका छन् ।
५५० सदस्यीय प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट २२० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।