सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, खोप लगाउँदा तरकारीको बीउ उपहार
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।
स्वास्थ्य संस्थासम्म आउन र फर्कनका लागि निःशुल्करुपमा एम्बुलेन्सको व्यवस्था गर्न लागिएको मेयर गोरखबहादुर केसीले जानकारी दिए ।
त्यसका लागि नगरपालिकाले दुई वटा एम्बुलेन्स खरिदको प्रक्रिया अगाडि बढाएको छ ।
यसका साथै नगरपालिकाले सुत्केरी तथा गर्भवती महिलालाई स्वास्थ्य संस्थामा खोप लगाउन आउँदा तरकारीको बीउ उपहार दिने कार्यक्रम शुरु गरेको छ ।
महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन र नगरपालिकालाई पूर्ण खोपयुक्त नगर बनाउनका लागि यस्तो अवधारणा ल्याइएको मेयर केसीको भनाई छ । रासस