प्रदेश राजधानी माग्दै अनिश्चितकालीन दाङ बन्दको घोषणा
प्रदेश–५ को राजधानी दाङ बनाउन माग राख्दै आजदेखि अनिश्चितकालीन दाङ बन्द गरिएको छ ।
बन्दका कारण आज बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् भने शिक्षण संस्था, कलकारखाना समेत ठप्प छन् ।
दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ सडकखण्ड पूर्णरुपमा बन्द हुँदा भालुवाङ र अमेलियामा सवारीसाधन रोकिएका छन् । रासस