रुपन्देहीमा गोली चल्यो, एक घाइते
रुपन्देहीको ढेकेबार खैरेनीमा गोली चल्दा एक व्यक्ति घाइते भएका छन् ।
अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर ३५ वर्षीय वसन्त पौडेल घाइते भएका हुन् ।
उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
गोली प्रहार गर्ने व्यक्ति बजाजको डिस्कभर मोटरसाइकल चढेको र गोली प्रहारपछि रोहिणी खोलातर्फ भागेको स्थानीयले बताएका छन् ।
दीपक ज्ञवाली, बुटवल