राष्ट्रिय एकताका लागि मेची–महाकाली साइकल यात्रा
‘नेपाली विविधता शान्ति र एकता’ मूल नाराका साथ मेची–महाकाली यात्रा थालेका दाङका रेशम केसीले १० असोजमा पश्चिमी नाका गड्डा चौकी पुगेर यात्रा पूरा गरेका छन् ।
राष्ट्रिय एकता, सहमति सहकार्यलगायत विषयमा राष्ट्रिय राजनीतिमा बहस भइरहेका बेला १४ दिनको साइकल यात्रा गरेर केसीले एकताको यात्रा पूरा गरेको बताए ।
लाइन्स क्लब अफ घोराही सिटीका उपाध्यक्षसमेत रहेका केसीले गत २८ भदौमा मेचीबाट साइकल यात्रा शुरु गरेका थिए ।
“आज महाकाली पुगेर यात्रा समापन गरेको छु ।” उनले भने, “यात्रामा भेट भएका सबै 'शान्ति र एकताको नारा' ले खशी भए,।”
उनले मेची र महाकाली नदीको पानी मिसाएर एकताको सन्देशस्वरुप राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्ने जानकारीसमेत दिए ।
केसी व्यक्तिगत खर्चमा पहिलोपटक साइकाल यात्रामा निस्केका हुन् ।
रासस