जाजरकोटको वनमा ६ सय राउण्ड गोली फेला
जाजरकोट प्रहरीले भेरीमालिका–३ स्थित स्याँलापाखा सामुदायिक वन क्षेत्रमा ५९० राउण्ड बन्दुकको गोली फेला पारेको छ ।
जंगलको भिरमा छरिएर रहेको अवस्थामा विभिन्न क्यालीबरका गोली फेला परेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।
जाजरकोट डोल्पा सडकको दक्षिणतर्फ १ सय मीटर तल रहेको गोली स्थानीयले गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बोहोराका अनुसार ती गोलीहरु प्रहरी संगठनले प्रयोग गर्ने हतियारमा लाग्ने खालका होइनन् ।
“तीन राउण्ड मात्र एसएमजीमा प्रयोग हुने खालको छ,” उनले भने, “सशस्त्र द्वन्द्वका बेला माओवादीले लुकाएका गोली अन्यत्र लैजाने क्रममा जंगलमा छरपरस्ट पारेर भागेको हुनसक्छ ।”
दुई वर्षअघि प्रहरीले नगरपालिकाकै रिम्नास्थित रानीबनमा ठूलो मात्रामा हतियार फेला पारेको थियो ।
राजेन्द्र कार्की, जाजरकोट