शाली नदीमा स्वस्थानी मेला (तस्वीरहरु)
पौष शुक्ल पूर्णिमादेखि स्वस्थानी व्रत एवम माधवनारायण पूजा शुरु भएको छ ।
शब्द/तस्वीर: विक्रम राई
एक महीनासम्म चल्ने स्वस्थानी व्रत पूजा माघ शुक्ल पूर्णिमामा सम्पन्न हुनेछ । यो व्रतमा बिहान माघ स्नान गरी महादेवको पूजा गर्ने र स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
काठमाडौंको शाली नदीमा स्वस्थानी व्रतका बेला विशेष पूजा र घुइँचो हुने गर्छ ।