कुवेत लैजाँदै गरिएकी महिलाको दिल्लीबाट उद्दार
मानव बेचविखनतथा लैङ्गिक हिंसा विरुद्ध कार्यरत संस्था केआई नेपालले कुबेत पुर्याउन लागिएकी एक महिलालाई भारतको नयाँ दिल्लीबाट उद्दार गरेको छ ।
झापा, मेचीनगरकी ४० वर्षीया ती महिलालाई दलालले कुबेतमा रोजगारी दिने भन्दै दिल्ली पुर्याएको केआई नेपालले जनाएको छ ।
दल्ली महिला आयोगको सहयोगमा दिल्लीको कमालपुर क्षेत्रबाट महिलाको उद्दार गरिएको केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए ।
नेपाली महिलाहरुलाई रोजगारीको बहानामा भारत हुँदै तेस्रो मुलुक पुर्याउने कार्यमा पुरै गिरोह सक्रिय रहेको स्वीकार गरेका नौसाद भन्ने एक भारतीय नागरिकलाई पनि त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।
दिल्लीमा अन्य नेपाली महिलाहरु पनि वन्धक बनाएर राखिएको हुन सक्ने आशंकामा त्यस्ता महिलाहरुको उद्दारका लागि खोजतलासको काम भइरहेको केआई नेपालले जनाएको छ ।
संस्थाले दुई महिनाभित्र ६ महिलाको भारतबाट उद्दार गरी परिवारमा पुनस्र्थापना गराइसकेको छ ।
जियालाल साह, वीरगञ्ज