वीरगञ्ज–ठोरी हुलाकी राजमार्गको निर्माण शुरू
हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी खण्डको निर्माण कार्य शुरू भएको छ ।
वीरगञ्ज–ठोरी ३० किलोमीटर सडक निर्माणसँगै कालोपत्रेकोे ठेक्का नेपालको पप्पु कन्स्ट्रक्सन प्रा.लि र भारतीय निर्माण कम्पनी एएमआरले संयुक्त रुपमा पाएका छन् ।
एक अर्ब ३२ करोड ४७ लाख ८३ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको सडकखण्डको चौडाई १५ मीटर हुनेछ ।
भारत सरकारको आर्थिक सहयोगमा सडक विभागले निर्माण गर्न लागेको उक्त खण्डको निर्माण सम्पन्न ३० महीनाभित्र हुनेछ ।
परियोजनाको प्राविधिक कन्सल्ट्यान्टको जिम्मा भारतीय कम्पनी नेशनल हाइवेज एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेशन लिमिटेडले लिएको छ ।
जियालाल साह, पर्सा