कास्कीमा ७७ जना उम्मेदवारको जमानत जफत
२१ मंसीरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीबाट उम्मेदवारी दिएकामध्ये ७७ जनाको जमानत जफत भएको छ ।
कास्कीबाट ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
जसमध्ये नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका १८ जना उम्मेदवारले मात्रै जमानत जोगाएका छन् । जमानत जोगाउन उम्मेदवारहरुले १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।
कास्कीमा एक लाख ८० हजार ५७३ मत खसेकोमा एक लाख ७३ हजार ३१२ मत सदर भएको थियो । रासस