रौतहटमा १९८ जना उम्मेदवारको जमानत जफत
रौतहट जिल्लाबाट प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवारी दिएकामध्ये १९८ जना उम्मेदवारहरुको धरौटी (जमानत) जफत भएको छ ।
सम्बन्धित क्षेत्रमा खसेको कुल सदरमतको १० प्रतिशत भन्दा थोरै मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।
रौतहटका प्रतिनिधिसभाका ४ क्षेत्रबाट ९२ जनाले उम्मेदवारी दिएकोमा १२ जनाले मात्रै १० प्रतिशत कटाउन सके भने बाँकी ८० जनाको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
त्यसैगरी प्रदेश सभातर्फ ८ क्षेत्रबाट १४२ जनाले उम्मेदवारी दर्ता गराएकामा ११८ जनाले १० प्रतिशतसम्म पनि मत प्राप्त गर्न सकेनन् ।
सञ्जय मित्र, रौतहट