कांग्रेसबाट दुई र माओवादीबाट तीन मन्त्रीले शपथ लिने
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ ग्रहणसँगै अाज नेपाली कांग्रेसबाट दुई र माओवादीबाट मन्त्रीले शपथ लिने टुङ्गो लागेको छ ।
नेता विमलेन्द्र निधिको नेतृत्वमा कांग्रेस सरकारमा जाने तय भएको छ । निधिले गृह र रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने टुंगो लागेको हो ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा, दलजित वि.के श्रीपाली र गौरीशंकर चौधरी मन्त्री हुने भएका छन् । माओवादीको हेडक्वार्टर बैठकले महरालाई अर्थ , श्रीपालीलाई युवा तथा खेलकुद र चौधरीलाई कृषि मन्त्रालय दिने निर्णय गरेको माओवादी नेता अग्नी सापकोटाले जानकारी दिए।
कांग्रेस र माओवादी केन्द्रलगायतका दलको समर्थनमा बनेको दाहाल नेतृत्वको सरकारमा कांग्रेसले १३ र माओवादी केन्द्रले आठ मन्त्रालय पाउने सहमति भएको छ ।
अन्य साना दललाई पनि सरकारमा सामेल गर्दा मन्त्रालयको सङ्ख्यामा थपघट हुनसक्ने बताइएको छ । रासस