नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी
सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ।
प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक राजभण्डारीलाई आज, ६ अशोजमा बसेको मन्त्रिपरिषदको बैठकले नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनोट समितिले राजभण्डारीलाई सिफारिस गरेको थियो । अन्तिम प्रतिस्पर्धामा नेपाल टेलिकमकै प्रवन्धक सुनिल पोखरेल, नेपाल वायु सेवा निगमका पूर्वमहाप्रवन्धक मदन खरेल र राजभण्डारीको थिए ।
यसैगरी मन्त्रिपरिषद बैठकले दुई वर्षभित्र हलिया मुक्तिको काम सम्पन्न गर्ने निर्णय गरेको सूचना तथा सचारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए।
सरकारले उच्च अदालत गठन भएका सातवटै प्रदेशमा न्यायाधिवक्ताको कार्यालय गठन गर्ने निर्णय पनि गरेको छ।