पूर्व एआइजी गणेश राईले नयाँ शक्ति छोडे
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य एवम सुरक्षा तथा अनुसन्धान विभग प्रमुख गणेश राईले पार्टीको साधारण सदस्यता समेत त्यागेका छन् ।
१० माघ २०७२ मा एआइजीबाट अवकास पाएको केही दिनमै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आबद्ध भएका राईले आज, १२ मंसीरमा एक विज्ञप्ति जारी गर्दै आफूले पार्टी परित्याग गरेको जनाएका छन् ।
विधिको शासन, नेतृत्वमा अनुशासन र निष्ठा जस्ता मान्यताहरु जति प्रयास गर्दा पनि नयाँ शक्ति पार्टीमा स्थापित गर्न नसकेको उनको आरोप छ ।
उनले आगामी दिनमा आफ्नो सिप र ज्ञानलाई उपयोग गरी सार्वजनिक जीवनमा क्रियाशील रहने र राष्ट्र निर्माणमा योगदान पुर्या उने बताएका छन्।