अस्थायी इजलास वीरगन्जमा स्थापना
प्रदेश नं २ को उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा स्थापना भई आजबाट आफ्नो कामकाज शुरु गरेको छ ।
सरकारको २९ भदौको निर्णयअनुसार उच्च अदालत जनकपुरको अस्थाई इजलास वीरगञ्जमा स्थापना भई बारा, पर्सा तथा रौतहट जिल्लाको सेवाग्राहीलाई न्याय सेवा पुर्याउने भएको हो ।
जनताको घरदैलोसम्म न्याय सेवा पुर्याउने उद्देश्यले अस्थायी इजलास वीरगन्जमा स्थापना गरिएको सो इजलासका मुख्य न्यायाधीश उदयप्रकाश चापागाईंले बताए ।
नेपाल सरकारको निर्णयअनुसार १५ जना न्यायाधीशको दरबन्दी भए पनि शुरुमा अहिले सातजना न्यायाधीश मात्र रहेका छन् । आफ्नो भवन नभएकाले अहिले वीरगन्ज चिनी कारखानाको प्रशासकीय भवनमा इजलासको कामकाज शुरु गरिएको छ ।
रासस