पहिरोले एकै परिवारका चारको मृत्यु
बागलुङमा घरमाथिबाट खसेको पहिरोमा परी बुङ्गादोभान–४ रिङ्लाङस्थित एकै परिवारका चारजनाको मृत्यु भएको छ ।
गएराति खसेको पहिरोमा परी गङ्गाधर रोकाकी ३८ वर्षीया श्रीमती भीमकुमारी, १४ वर्षीया छोरी इन्द्रकुमारी, १२ वर्षीय छोरा इन्द्रजीत र नौ वर्षीया छोरी मायादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठूलो ढुङ्गासहित खसेको पहिरोले रोकाको घर पूर्णरुपमा क्षति भएको छ ।
उद्धार र घटनाको अनुसन्धानका लागि बुङ्गादोभान प्रहरी चौकी र इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी खटिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए ।
रासस