प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता
विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै आफ्नो भ्रमणले दुई देशको सम्वन्धलाई थप सुदृढ बनाएको दाबी गरे । उनले आफू र भारतीय प्रधानमन्त्री मोदीले जारी गरेको २५ बुँदे वक्तव्यले चीनसँगको सम्वन्धमा असर नगर्ने पनि बताए ।
उनले अन्तराष्ट्रिय मञ्चमा एउटै मत बनाएर जाने सहमति भएको भन्दै उ यो कुनै नयाँ कुरा नभएको र संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका लागि भारतलाई नेपालले २००४ देखि समर्थन गर्दै आएको बताए ।
संयुक्त वक्तव्यमा संविधानको विषय परेको भन्दै भइरहेको आलोचनाको खण्डन गर्दै उनले सबैको सहमति जुटाएर कार्यान्वयन गर्ने प्रयास विश्वका सबैलाई थाहा भइसकेको र यसमा भारतको स्वागत र समर्थन राम्रो भएको बताए ।
"यसलाई गलत अर्थ लगाउने गरी जानु अचित छैन," उनले भने, "यसले सकारात्मक वातावरण बनाउनेतिर प्रष्ट संकेत गर्छ ।’
आज अपराह्न नेपाल वायुसेवा निगमको उडानबाट स्वदेश फर्केका प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख, मुख्य सचिव, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।
उनी ३० भदौमा नयाँ दिल्ली प्रस्थान गरेका थिए ।