बाघको आक्रमणबाट मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट पूर्वी चितवनको खैरहनी नगरपालिका–११ बस्ने ५२ वर्षीय लेखनाथ ९हरि० बर्तौलाको मृत्यु भएको छ ।
घाँस काट्न चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेका बर्तौला ३१ भदौ दिउसो बेपत्ता भएका थिए । बेपत्ता भएका बर्तौलाको खोजी गर्दा १ असोज बिहान अमृते पोस्ट नजिक शव फेला परेको निकुञ्जले जनाएको छ ।