मुम्बई रेलवे स्टेशनमा भागाभाग हुँदा कम्तिमा २७ को मृत्यु
भारतको मुम्बईमा एउटा रेलवे स्टेशन जोड्ने पुलमा भागाभाग हुँदा कम्तिमा पनि २७ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार लोकल रेलवे स्टेशन जोड्ने पुलमा आज विहान १०ः३० बजे एक्कासी भएको भागाभागमा १८ पुरुष र चार महिलाको मृत्यु भएको हो । घटनामा ३५ जना घाइते भएका छन् ।
रेलवे अधिकारीहरुका अनुसार मुम्बईमा ठूलो झरी लागेका बेला ओत लाग्नेहरुको भीड पुलमाथि भएकै बेला भागाभाग मच्चिएको थियो ।
साँगुरो पुलमा धेरै मानिसहरु जम्मा भएका बेला पुल भत्किन लागेको हल्ला चलेपछि भागाभाग मच्चिएको र एकअर्कालाई कुल्चिँदा र पुलबाट खस्दा
मानिसहरु ज्यान गएको टाइम्स इण्डियाले उल्लेख गरेको छ ।
तर, घटना हुनुको कारण औपचारिक रुपमा अधिकारीहरुले दिएका छैनन् ।