नेपाल फिफा वरियतामा दुई स्थान उक्लियो
विश्व फुटबल महासंघ (फिफा) को वरियतामा ७४ अंक सहित नेपाल दुई स्थान माथि उक्लिएको छ । नेपाल १८६ औं स्थानमा छ ।
दक्षिण एसियामा भारत १४८, अफगानिस्तान १४९, माल्दिभ्स १६५, बंगलादेश १८५, भुटान १८९, श्रीलंका १९३ र पाकिस्तान १९४ औं स्थानमा छ ।
फिफा वरियताको एक नम्बरमा अर्जेन्टिना, दुईमा बेल्जियम, तीनमा जर्मनी, चारमा कोलम्बिया र ब्राजील तथा चिली पाँचौ स्थानमा छ ।