प्रधानमन्त्री दाहाल दिल्ली प्रस्थान
चार दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गरेका छन् । उनी १२५ सदस्यीय टोलीको नेतृत्व गर्दै ३० भदौमा दिल्ली प्रस्थान गरेका हुन ।
नेपाल वायुसेवा निगमको आरए २०५ फ्लाइटबाट उड्नुअघि प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आर्मीले सलामी दिएको थियो । उनको विदाईमा सभामुख, उपप्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ व्यक्तिहरु विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री दाहाल २ असोजमा स्वेदश फर्कनेछन् ।
तस्वीरः गोपेन राई/हिमालखबर