यसरी ढल्यो इन्द्रजात्राको लिङ्गो (पाँच तस्वीर)
काठमाडौं, हनुमानढोकामा लिङ्गो ढल्दा दुई जना घाइते भएका छन् । इन्द्रजात्राका लागि उठाईएको लिङ्गो २८ भदौमा ढल्दा सेनाका हबल्दार भूमबहादुर गुरुङ र सिन्धुपाल्चोकका पुष्प लामा घाइते भएका हुन ।
खुट्टा भाँचिएका हबल्दार गुरुङको छाउनीस्थित सैनिक अस्पतालमा र लामाको वीर अस्पतालमा उपचार भइरहेको छ ।
तस्वीरहरूः विक्रम राई/हिमालखबर