सिटिजन्स ब्याङ्कलाई अवार्ड
सिटिजन्स ब्याङ्क इन्टरनेसनल लिमिटेडले ‘एसिया ब्याङ्किङ, फाइनान्सीयल सर्भिसेस एण्ड इन्सुरेन्स एक्सिलेन्स अवार्ड २०१६’ प्राप्त गरेको छ । सिङ्गापुरमा आयोजित वल्र्ड एचआरडी कँग्रेसमा सिटिजन्सलाई सार्वजनिक क्षेत्रको उत्कृष्ट बैंक विधामा पुरष्कृत गरिएको ब्याङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वल्र्ड एचआरडी कँग्रेसमा विभिन्न उत्कृष्ट ब्याङ्क, फाइनान्स तथा इन्सुरेन्स कम्पनीहरु गरी जम्मा ९ विधाहरुमा पुरष्कार वितरण गरिएको थियो ।
सिटिजन्स ब्याङ्क गतवर्ष इन्स्टिच्यूट अफ चार्टड अकाउन्टेन्टस् अफ नेपालद्वारा वितरित ‘वेष्ट प्रिजेन्टेड एन्नुल रिर्पोट २०१५ अवार्ड’बाट सम्मानित भएको थियो ।