समाचार बुधबार, साउन १९, २०७३

भारत र चीनका प्रधानमन्त्रीद्वारा दाहाललाई बधाई

हिमालखबर

 

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकी मुलुक भारत र चीनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् । 

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई एवम् सफल कार्यकालका लागि शुभकामना दिएका हुन् । 

नवनिर्वाचित प्रधानमन्त्री दाहालका प्रेस सहयोगी पूर्ण कार्कीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले बधाईकै क्रममा प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तोसमेत दिएका छन् । 

यस्तै,  चिनियाँ राजदूत ऊ चुन्ताईले दाहाल निवास लाजिम्पाटमा पुगेर उनलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ जनताका तर्फबाट बधाई दिएका छन् । रासस 

प्रतिकृया दिनुहोस