मेडिकल काउन्सिलको परीक्षामा दुई सय १२ विशेषज्ञ चिकित्सक अनुत्तीर्ण
नेपाल मेडिकल काउन्सिलले लिने विशेषज्ञ दर्ता प्रमाणपत्रको परीक्षामा दुई सय १२ एमबिबिएस चिकित्सक अनुत्तीर्ण भएका छन् ।
काउन्सिलले २५ भदौमा लिएको विशेषज्ञ दर्ता प्रमाणपत्रको परीक्षामा सहभागि पाँच सय ८१ जना मध्ये तीन सय ६९ जना उत्तीर्ण भएका छन् । सानो भ¥याङस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, कलेज अफ मेडिसिनमा भएको परीक्षामा ११ जना अनुपस्थित भएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।
नेपालमा विशेषज्ञ चिकित्सक बनेर काम गर्न काउन्सिलले लिने विशेषज्ञ दर्ता प्रमाणपत्रको परीक्षा उत्तीर्ण भएर लाइसेन्स लिनुपर्छ ।
रामु सापकोटा