नक्कली शैक्षिक प्रमाणपत्र भएका दुई चिकित्सक पक्राउ
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबीे)ले २४ र २५ भदौमा नक्कली शैक्षिक प्रमाणपत्र भएका दुई चिकित्सकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको पतली–१३ का डा.बालकृष्ण अर्याल र धनुषाको जनकपुर–१५ का डा.सञ्जिव कुमार साह छन् । अर्याल दुबईस्थित मिडइस्ट पोलीक्लिनिक र साह मोरङको पथरीस्थित जनसेवा डेन्टल अस्पतालमा कार्यरत थिए ।
दुबैले भारतबाट जारी भएको प्रमाणपत्र तहको शैक्षिक नक्कली प्रमाणपत्र पेश गरेको सिआईबीले जनाएको छ । सिआईबीले २४ भदौमा अर्याललाई बाँसबारीबाट र साहलाई २५ भदौमा सानो भ¥याङबाट पक्राउ गरेको हो ।
अर्यालले पाकिस्तानबाट एमबिबिएस र साहले नेपालबाटै एमएस पास गरेर नेपाल मेडिकल काउन्सिलको लाइसेन्स समेत लिएका छन् ।
रामु सापकोटा