२७ वटा ‘बजाज आरई’ बुकिंग
नेपालका लागि बजाज आरई थ्री ह्विलर (टेम्पु) को अधिकृत विक्रेता हंसराज हुलास चन्दले बाँकेको कोहलपुरमा ‘बजाज आरई महा टेस्ट ड्राइभ मेला’ सम्पन्न गरेकाे छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न मेलामा दुई हजार भन्दा बढीले सहभागिता जनाएका थिए ।
मेलामा ६५० वटा टेस्ट राइड प्रदान गरिएको थियो भने २७ वटा बजाज आरई बुकिंग भएको थियो । बजाज आरईको नेपालगन्जका आधिकारिक बिक्रेता श्री पानस अटोको सहयोगमा सम्पन्न भएको थियो ।